बाणगंगा यातायात व्यवसायी समिति संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तु कार्यालयमा २०५५ साल कार्तिक महिना २६ गते दर्ता भएको मुनाफा वितरण नगर्ने कम्पनी हो, यसको दर्ता नम्बर १५०/५५ हो | यस कम्पनीको कार्यालय बाणगंगा - १, बैरिया, कपिलवस्तु
रहेको छ | यस कम्पनीले यातायात ब्यवसायको विकास र प्रवधन गर्दै यातायात ब्यवसायीको सामुहिक हित र भलाइका लागी अग्रसर भइ सडक दुर्घटनाका कारण ब्यवसायीले वहन गर्नुपर्ने आर्थिक पक्षमा सहयोग र सहकार्य का लागी कोष सन्चालन गर्ने र यातायात ब्यवसायका चुनौतीलाइ समेटेर अघी बढन चेतनमुलक कार्यक्रम सन्चालन गर्ने उद्देश्य लियेको छ|