नेपाल यातायात व्यवसायी राष्ट्र
Install Now
नेपाल यातायात व्यवसायी राष्ट्र
नेपाल यातायात व्यवसायी राष्ट्र

नेपाल यातायात व्यवसायी राष्ट्र

Nepal Yatayat Byawasayi Rastriya Mahasangh information and notification app

App Size: Varies With Device
Release Date: Jan 22, 2018
Price: Free
Price
Free
Size
Varies With Device

Screenshots for App

Mobile
देश विकासको क्रममा २०१३ सालमा त्रिभुवन राजपथ र २०२९ सालमा पृथ्वी राजमार्गको स्थापना सँगै राजधानी काठमाडौं, तराई र पर्यटकिय नगरी पोखरा सँग जोडीयो । सुरुवाती अवस्थाको अव्यवस्थित र सीमित सार्वजनिक सवारी साधनहरुको सञ्चालन प्रकृयालाई व्यवस्थित र नियमित गराउने अभिप्रायबाट यात्रुहरुलाई अधिकतम सुविधा र सुरक्षा प्रदान गर्न र व्यवसायीहरुको वर्गीय हित गर्ने उद्देश्य अनुरुप २०१८ सालमा पुर्वाञ्चल मोटर सिण्डीकेटको स्थापना भयो । यसै गरी अन्य क्षेत्रहरुमा पनि क्रमिक रुपमा स्थापना भएका यातायात व्यवसायी संस्था, अरनिको यातायात सेवा समिती, पश्चिम नेपाल बस व्यवसायी संघ, लगायत अन्य स्थापित संस्थाहरु बाट यातायात क्षेत्रमा देखा परेका समस्या र व्यवसायी हकहितको सम्बन्धमा २०३४÷३५ साल देखी पटक पटक काठमाडौंमा भेला भएर समस्या राख्ने गरिन्थ्यो । यसै क्रममा सञ्चार सुविधा लगायत अन्य विविध समस्याहरुका कारण समयमा नै उपस्थित हुन र जुट्न कठिन हुने हुँदा यस क्षेत्रलाई व्यवस्थित गर्न गराउन र समय भित्रै समस्या समाधान गर्नुपर्ने आवश्यकता महसुस हुन गई २०३६ सालमा काठमाडौंमा संयुक्त बैठक बसी विचार गोष्ठी राख्ने निर्णय गरियो । २०३६ साल श्रावण २६ गते यातायात व्यवसायी गोष्ठी आयोजना भयो र सोही भेलाबाट २०३६ साल श्रावण २८ गते नेपाल अधिराज्यमा यातायात क्षेत्रमा निजी रुपमा संलग्न व्यवसायीहरुको केन्द्रिय स्तरको संगठन नेपाल यातायात व्यवसायी संघ स्थापना भयो, जसको तदर्थ समितीमा :
\n\nअध्यक्ष : स्व. जगदीश नेपाली
\nउपाध्यक्ष : हर्क बहादुर गुरुङ
\nसचिव : होम प्रसाद अधिकारी
\nकोषाध्यक्ष : सूर्यचन्द्र वादे श्रेष्ठ
\nसदस्य : अन्य उपस्थित संस्थाहरु
\n\nसंस्थाको काम कार्वाहीलाई निरन्तर्ता दिँदै सोही वर्ष काठमाडौंमा पहिलो अधिवेशन सम्पन्न भयो र हर्क बहादुर गुरुङ निर्विरोध अध्यक्ष चयन् हुनुभयो । दोस्रो अधिवेशन पनि काठमाडौं मै सम्पन्न भयो र हर्क बहादुर गुरुङ नै अध्यक्ष हुनु भयो । तेश्रो अधिवेशन हेटौंडामा सम्पन्न भयो र पुनः निर्विरोध अध्यक्षमा हर्क बहादुर गुरुङ नै निर्वाचित हुनु भयो । चौथो अधिवेशन काठमाडौंमा सम्पन्न भयो र श्री चन्द्रबहादुर कार्की ज्यू अध्यक्षमा निर्वा्चित हुनु भयो ।
देशमा प्रजातन्त्रको पुनर्वहालीपछी पेशागत संघ संस्थाको पनि उदय भयो । त्यसै अनुरुप देशमा सडक यातायातको विकासपछी यस क्षेत्रमा पनि असंख्य रुपमा सवारी साधनको आयात र संघ, सिण्डीकेटहरुको स्थापना भएकोले यस संघलाई २०५० सालमा महासंघको अवधारणामा जानुपर्ने आवश्यकता भएअनुरुप नेपाल यातायात व्यवसायी महासंघमा परिवर्तन भयो । सार्वजनिक यातायात सञ्चालन गरिरहेका देश भरका सबै यातायात व्यवसायीहरुलाई यसै महासंघको छातामुनी समाहित गर्ने प्रयास हरहमेशा भइरह्यो र निरन्तर भइरहनेछ ।
Show More
Show Less
More Information about: नेपाल यातायात व्यवसायी राष्ट्र
Price: Free
Version: 1.3
Downloads: 2955
Compatibility: Android 4.1
Bundle Id: com.diyalotech.yatayatmahasangh
Size: Varies With Device
Last Update: 2018-01-31
Content Rating: Everyone
Release Date: Jan 22, 2018
Content Rating: Everyone
Developer: Diyalo Technologies Pvt Ltd


Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide